Main News

आज अन्तर्राष्ट्रिय बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइँदै

हिमालय टिभी
२०७८ साउन १४ गते ७:५५
आज अन्तर्राष्ट्रिय बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइँदै

१४ साउन २०७८ काठमाडौं । आज अन्तर्राष्ट्रिय बाघ दिवस, बाघ संरक्षणको अभियानमा नेपालले हासिल गरेको उपलब्धी विश्वका लागि उदाहरणीय बनेको छ ।

नेपाल सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य नजिक पुगेको छ । सन् २०१८ मा नेपालमा पाटे बाघको सङ्ख्या २ सय ३५ वटा थियो । यो सङ्ख्या मात्र वयस्क बाघको हो । नेपालको प्रतिबद्धताअनुसार सन् २०२२ भित्र नेपालले २५० बाघको सङ्ख्या पुर्‍याउनु पर्नेछ ।

हालको सङ्ख्यामा १५ वटा मात्र बाघ थपिए पनि प्रतिबद्धता पूरा गर्ने देश सहजै बन्नेछ । गणनाका लागि क्यामरा ट्र्यापिङ गर्दा प्रशस्त बाघका डमरु देखिएको तर सबैको गणना नभएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । त्यस अवधिमा देखिएका र सन् २०२१ भित्र थपिने सङ्ख्याले नेपालले लक्ष्य सहजै भेट्ने छ । यसअघि सन् २०१० मा नेपालसँग १२१ वटा बाघ थिए ।

सन् २०१३ को गणनामा १९८ वटा बाघ पुगेको थियो । बाघ संरक्षण कार्ययोजना बनाएर नेपालले बाघ संरक्षण गरिरहेको छ । बाघको बासस्थान, पानीको स्रोत र प्रजातिको संरक्षणलाई मुख्य प्राथमिकता दिइएको छ ।

दिवसको अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षणमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *