Political Hightlights

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

हिमालय टिभी
२०७८ साउन १२ गते १३:०९
प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

१२ साउन २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग आज भेटवार्ता गर्नु भएको छ ।

आज बिहानै प्रचण्ड एमालेका वरिष्ठ नेता नेपाललाई भेट्न उहाँकै निवास कोटेश्वर पुग्नु भएको थियो । नेता नेपाललाई भेटे लगत्तै प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नु भएको थियो ।

एमालेको नेपाल–खनाल समूहलाई सरकारमा सहभागी गराउन प्रचण्डको दौड धुप चलेको छ । नेता नेपालसँग सत्ता सहकार्यका लागि आग्रह गरेको नेपालको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको एमालेको नेपाल–खनाल पक्षलाई पनि सरकारमा सम्मानजनक सहभागिता गराउन प्रचण्डले जोड दिँदै आउनु भएको छ ।

नेता नेपालले विभिन्न सार्वजनिक अभिव्यक्तिमा अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जान नसक्ने सङ्केत गर्नुभएको छ । प्रधानमन्त्री देउवासँगको भेटमा भने मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री भएको झण्डै दुई हप्ता हुँदा पनि देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएको छैन । प्रधानमन्त्री देउवाले आज केही मन्त्री थपेर मन्त्रिपरिषद् विस्तारको तयारी गर्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्