Main News

४३औं पुष्पलाल स्मृति दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै

हिमालय टिभी
२०७८ साउन ७ गते ७:२७
४३औं पुष्पलाल स्मृति दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै

७ साउन २०७८ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस आज । विभिन्न कार्यक्रम गरी उहाँको योगदानको चर्चा गरिँदैछ ।

दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि मध्यमवर्गीय परिवारका पुष्पलालमा राणाविरोधी चेतना जागृत भएको थियो। २००६ साल वैशाख १० गते उहाँले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नु भएको थियो ।

नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बस्नु भएको थियो । पूर्वी पहाडी जिल्ला रामेछापको भँगेरीमा विक्रम संवत १९८१ असार १५ गते जन्मिएका पुष्पलालको भारत प्रवासमै रहेको अवस्थामा २०३५ साल साउन ७ गते निधन भएको थियो । उहाँको अस्तुलाई नेपाल ल्याएर विभिन्न स्थानमा सेलाइएको थियो ।

पुष्पलालले आफ्नो सम्पूर्ण जीवन अभाव, कठिनाइ र प्रवास बसाइका बीच पनि कम्युनिस्ट आन्दोलनको विकास, नेपाली समाजको सामाजिक, आर्थिक, सांस्कृतिक विषयमा गहन ढङ्गले अध्ययन र विश्लेषणमा खर्चिएको इतिहास छ ।

विसं २०१७ साल पुस १ गते राजा महेन्द्रद्वारा निरङ्कुश पञ्चायती व्यवस्था लादिएपछि गुमेको जनअधिकार प्राप्तिका लागि लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर नै निरङ्कुशतालाई परास्त गर्न सकिन्छ भन्ने संयुक्त जनआन्दोलनको अवधारणा अगाडि सार्ने दूरदृष्टि राख्ने नेता पनि पुष्पलाल हुनुहुन्छ ।

जसको मार्गदर्शनबाट नै मुलुकले ठूलाठूला राजनीतिक परिवर्तन सम्भव भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *