Main News
अध्यक्ष प्रचण्ड र नेता नेपालबीच भेटवार्ता
२०७८ साउन २ गते १५:०७
२ साउन २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड नेता नेपाललाई भेट्न उहाँकै निवास कोटेश्वर पुग्नु भएको हो ।
दुई नेताबीचको भेटमा सत्ता गठबन्धनलाई टिकाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत जुटाउने र सत्ता गठबन्धनलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा पनि दुई नेताबीच परामर्श भएको बुझिएको छ ।
नेता नेपाललाई केही दिनअघि प्रधानमन्त्री देउवाले पनि उहाँकै निवासमा गएर भेटी विश्वासको मत दिन आग्रह गर्नु भएको थियो ।
जवाफमा नेपालले संसद बचाउन भए पनि सरकारलाई विश्वासको मत दिने बचन दिनु भएको थियो ।
प्रतिक्रिया