खोप लगाउनेको भीडले केन्द्रमा भद्रगोल (भिडियो रिपोर्टसहित)
३० असार २०७८ काठमाडौं । सरकारले प्राथमिकताको आधारमा हिजझदेखि भेरोसेल खोप लगाउन थालेको छ । सरकारले अभियानकै रुपमा खोप लगाइरहेको छ । तर केन्द्रमा खोप लगाउनेको चाप बढेको छ ।
सिभिल अस्पतालमा मात्र हैन । अरु खोप केन्द्रको पनि दृश्य उस्तै छ ।
सबै खोप केन्द्रमा खोप लगाउनेहरुको खचाखच भिड देखिन्छ । खोप लगाउन आउनेहरु सात आठ घण्टा लाईनमा बसेर खोप लगाउने पालो कुरिरहेका छन् ।
समयमा नै पालो नआउने समस्या त छँदै छ सँगसागै खोप केन्द्रमा भएको यो भिडभाड र ठेलमठेलले कोरोना संक्रमणको जोखिम पनि बढेको छ । यसरी भीडमा बसेर खोप लगाउनु पर्दा धेरै असहज भएको छ ।
दिनभरी भीडमा लाइन बसेर भए पनि खोप लगाउनु पाउनेहरु भने खुसी हुँदै घर फर्कन्छन् ।
खोप केन्द्रमा खोप लगाउन आउनेहरुको भिड बढ्दो छ । तर पनि स्वास्थ्यकर्मी यसरी खोप दिन पाउँदा खुसी छन् ।
प्रतिक्रिया