Political Hightlights

अध्यक्ष प्रचण्ड र महासचिव विप्लवबीच भेटवार्ता

हिमालय टिभी
२०७८ असार ३० गते २०:२१
अध्यक्ष प्रचण्ड र महासचिव विप्लवबीच भेटवार्ता

३० असार २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न विप्लव पार्टीका अर्का नेता धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्डनिवास खुमलटार पुग्नु भएको थियो ।

ओली सरकारसँग वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहले आफ्ना बन्दीहरुको रिहाइको माग गर्दै आइरहेको छ ।

प्रचण्ड नेतृत्वमा माओवादीबाट विद्रोह गरेर भूमिगत राजनीतिमा लागेका विप्लवले लामो समयपछि प्रचण्डसँग भेटवार्ता गर्नु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्