Political Hightlights

नेकपा माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगको निर्णय

हिमालय टिभी
२०७८ असार २७ गते १६:५४

२७ असार २०७८ काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र वैधानिक रहेको निर्णय गरेको छ ।

आयोगको आज बसेको बैठकले संवैधानिक र कानूनी शर्त पूरा गरी दर्ता कायम रहेको नेकपा माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने भनी निर्णय सुनाएको हो ।

आयोगले माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाई अधिवक्ता सरोज बुढाथोकीले दिएको निवेदन खारेज गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नामक दलको अध्यक्ष आफू भएको भन्दै भविश्वर पराजुलीले दिएको निवेदन पनि खारेज भएको छ । आयोगले पराजुलीले अरु पार्टीको लेटरप्याड प्रयोग गरी गलत विवरण उल्लेख गरेको ठहर गर्दै आगामी दिनमा त्यसो नगर्न सचेत समेत गराएको छ ।

आयोगले माओवादी केन्द्रलाई वैधानिकता दिन २०७४ सालको चुनावमा भाग लिएको, एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा २०७५ जेठ २३ गते निर्वाचन आयोगमा दर्ता भएको, नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग दलका रुपमा रहने भनी २०७७ फागुन २३ गते सर्वोच्च अदालतबाट निर्णय भएको जस्ता कारण उल्लेख गरेको छ ।

उसले नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै दलका रुपमा रहने भनी २०७७ फागुन २५ मा आफैले गरेको निर्णय र सोही मितिमा राजपत्रमा सूचनासमेत प्रकाशित भएकालाई पनि उल्लेख गरेको छ ।

आयोगको आजको निर्णयले माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाइरहेका पूर्व माओवादी नेतालाई पनि झट्का लागेको छ । एमाले प्रवेश गरेका माओवादीका पूर्व माओवादी नेताले पनि वैधानिकताको प्रश्न उठाएर आयोगमा निवेदन दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्