Main News

सिंहदरबार घेराउ गर्न पुगेका नागरिक अभियन्ता पक्राउ

हिमालय टिभी
२०७८ असार २७ गते १३:१२
सिंहदरबार घेराउ गर्न पुगेका नागरिक अभियन्ता पक्राउ

२७ असार २०७८ काठमाडौं । सिंहदरबार घेराउ गर्न पुगेका नागरिक अभियन्ता पक्राउ परेका छन् ।

बृहत् नागरिक आन्दोलनको आयोजनामा सिंहदरबार अगाडि प्रदर्शन गर्ने तयारी भैरहेका बेला नागरिक समाजका अगुवालाई प्रहरीले पक्राउ गरेको हो ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा चरम राजनीतिकरण तथा भ्रष्टाचार भएको भन्दै विरोध प्रदर्शनका लागि उनीहरु सिंहदरबार अगाडि भेला भएका थिए ।

पक्राउ पर्नेमा लेखक खगेन्द्र संग्रौला, प्राध्यापक डाक्टर सञ्जीव उप्रेतीसहित नागरिक अभियन्ता विमल अर्याल, अर्चना थापालगायत छन् ।

नागरिक आन्दोलनको सिंहदरबार मार्चमा प्राध्यापक डाक्टर गोविन्द केसीसमेत उपस्थित हुनुहुन्थ्यो । तर कार्यक्रम शुरु नहुँदै प्रहरीले पक्राउ गरेपछि कार्यक्रम प्रभावित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *