Political Hightlights

अध्यक्ष प्रचण्डद्वारा कांग्रेस सभापति देउवा र एमाले नेता नेपालसँग भेटवार्ता

हिमालय टिभी
२०७८ असार २६ गते १६:५१
अध्यक्ष प्रचण्डद्वारा कांग्रेस सभापति देउवा र एमाले नेता नेपालसँग भेटवार्ता

२६ असार २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ ।

नेकपा एमालेको कार्यदलमा सहमति हुन लागेको खबर आइरहँदा प्रचण्डले आज नेता नेपालसँग उहाँकै निवास कोटेश्वर पुगेर भेटवार्ता गर्नुभएको हो । भेटमा प्रचण्डले एमाले एकताको विषयमा चासो राख्नुभएको बताइएको छ ।

प्रचण्डसँग नेपालले आफू सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरि कुनै सम्झौता नगर्ने आश्वासन दिनुभएको थियो । प्रचण्डको सचिवालयले भने नेपालको स्वास्थ्य अवस्था बुझ्न कोटेश्वर पुगेको दाबी गरेको छ ।

नेपाललाई भेटेलगत्तै प्रचण्डले बुढानिलकण्ठ पुगेर कांग्रेस सभापति देउवासँग भेट गर्नुभएको थियो । दुई नेताको भेटमा संसद विघटनको मुद्धामा सर्वोच्च अदालतको संभावित फैसला र एमालेमा चलिरहेको एकता प्रयास लगायतका बिषयमा कुराकानी भएको बताइएको छ ।

सर्वोच्च अदालते पर्सी २८ गतेका लागि मुद्धाको पेसी तोकेको छ । दुइ नेताबीच एमालेमा सहमति बने विपक्षी गठबन्धनमा त्यसले पार्ने प्रभावबारे समेत कुराकानी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्