मुद्दाको टुंगो नलाग्दै आयोगद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी

२१ असार २०७८ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामाथि सर्वोच्च अदालतमा सुनुवाइ अन्तिम चरणमा पुगेका बेला निर्वाचन आयोगले भने निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।
निर्वाचन आयोगले मतदाता नामावली, दल दर्ता र तथा उम्मेदवारी मनोनयन लगायतका सबै कार्यतालिका औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको हो ।
आयोगले पहिलो चरणमा निर्वाचन हुने क्षेत्रमा असोज २० गते उम्मेदवारी मनोनयन गर्ने तालिका बनाएको छ । यस्तै दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा असोज ३१ गते उम्मेदवारी मनोनयनको तालिका तय भएको छ ।
सरकारले पहिलो चरणमा कात्तिक २६ र दोस्रो चरणमा मंसिर ३ गते मध्यावधि चुनाव गर्ने मिति तोकेको छ ।
यस्तै आयोगले निर्वाचन प्रयोजनका निम्ति दल दर्ताका लागि असार ३१ गतेदेखि साउन १५ गतेसम्मको समय दिने तयारी गरेको छ ।
प्रतिक्रिया