कोरोना जोखिम देखाउँदै टर्कीले लगायो नेपाल ६ मुलुकको हवाइ उडानमा रोक
१५ असार २०७८ काठमाडौं । टर्कीले कोरोना महामारी फैलने जोखिम भएको भन्दै नेपालसहित ६ वटा मुलुकबाट हुने सिधा हवाइ उडानमा रोक लगाएको छ ।
अहिले टर्कीबाट काठमाडौंका लागि टर्किस एयरलाइन्सले सातामा दुई उडान गरिरहेको छ । यसले यूरोप र अमेरिकामा हुने नेपालको उडान समेत प्रभावित हुने भएको छ ।
टर्की सरकारले नेपालसहित भारत, माल्दिम्भ, श्रीलंका, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने सिधा उडानमा रोक लगाएको हो ।
अन्य मुलुकबाट टर्की छिर्दा समेत यी ५ मुलुकमा पछिल्लो १४ दिन यता रहेको भए ७२ घण्टा भित्रको पिसिआर रिर्पोट अनिवार्य गरिएको छ । १४ दिन क्वारेन्टिन बस्ने गरि मात्र टर्की प्रवेश गर्न दिने त्यहाँको आन्तरिक मामिला मन्त्रालयले निर्णय गरेको छ ।
पाकिस्तान र अफगानिस्थानबाट जाने यात्रुलाई भने १० दिन क्वारेन्टिन अनिवार्य गरिएको छ । नेपाल सरकारले भने कोरोना महामारी कम भएको भन्दै टर्कीसहितका अन्तराष्ट्रिय उडान खुला गर्दै लगेको छ ।
प्रतिक्रिया