Main News
चट्याङ लागेर पर्सामा तीन जनाको मृत्यु, चार जना घाइते
२०७८ असार १५ गते १३:०६
![चट्याङ लागेर पर्सामा तीन जनाको मृत्यु, चार जना घाइते](https://www.himalayatv.com/wp-content/uploads/2020/06/chatyang.jpg)
१५ असार २०७८ पर्सा । पानीसँगै परेको चट्याङ लागेर आज बिहान पर्सामा ३ जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।
पर्साको पटेर्वासुगौली गाउँपालिकामा दुई जना र जीराभवानी गाउँपालिकामा एक जनाको मृत्यु भएको हो ।
पटेर्वा सुगौली वडा नम्बर–४ पथरैयाका ५५ बर्षीय रघुवीर यादव र वडा नम्बर–१ गदियानीका २७ वर्षीय रोशलान गदीको मृत्यु भएको हो ।
त्यस्तै जीराभवानी गाउँपालिका वडा नम्बर–३ जितपुरकी ५० वर्षीया असतुरनी देवी थरुनीको पनि चट्याङ लागेर मृत्यु भएको छ ।
पटेर्वासुगौलीका एक तथा जीरा भवानी गाउँपालिकामा चट्याङ लागेर तीन जना घाईते भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया