Main News

सात बुँदे सहमतिपछि पुनर्निर्माण प्राधिकरणका प्राविधिक काम फर्कन तयार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १३ गते १८:१५
सात बुँदे सहमतिपछि पुनर्निर्माण प्राधिकरणका प्राविधिक काम फर्कन तयार (भिडियो रिपोर्टसहित)

१३ असार २०७८ काठमाडौं । विभिन्न माग राखेर आन्दोलनमा उत्रेका राष्ट्रिय पुनर्निर्माण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) अन्तर्गतका प्राविधिक काममा फर्किने भएका छन् ।

प्राधिकरणले माग पुरा गर्ने सम्बन्धमा ७ बुँदे सहमति गरेपछि प्राविधिकहरु काममा फर्किने भएका हुन् । प्राधिकरण र प्राविधिकबीच सबै आन्दोलन आजकै मितिदेखि टुंग्याएर नियमित काममा फर्किने, राजीनामा अस्वीकृत गर्ने, असार महिनाको पाउनुपर्ने सेवा, सुविधा दिने सहमती भएको छ ।

यस्तै सञ्चार खर्च, यातायात खर्च र स्थानीय भत्ता चालू आर्थिक वर्ष ०७७्०७८ को साउनेदेखि नियमानुसार दिइने भएको छ ।

त्यस्तै, कामकै शिलशिलामा मृत्यू भएका इन्जिनीयर राजा साहका परिवारजनलाई बीमाको रकम दिलाउन केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)ले पहल गर्ने सहमति भएको छ ।

रोकिएको नीजि आवासको सिफारिस गरेर तत्काल किस्ता पाउनेगरी काम गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभयो ।

आन्दोलनरत प्राविधिकले आफ्नो माग पुरा भएको बताएका छन् । आन्दोलनरत केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) अन्तर्गतका प्राविधिकका तर्फबाट अध्यक्ष अविनाश अमरले काममा फकिएको बताउनुभयो ।

पुनर्निर्माण प्राधिकरण अन्तर्गतका प्राविधिक सेवा सुविधाको माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएका थिए ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *