गण्डकीमा मन्त्रीहरुको कार्यविभाजन, मन्त्रिपरिषद् विस्तार अझै हुन सकेन
१२ असार २०७८ पोखरा । गण्डकी प्रदेश सरकारमा सहभागी मन्त्रीको कार्यविभाजन टुंगिए पनि मन्त्रीपरिषद् विस्तार अझै हुन सकेको छैन ।
जेठ २९ गते मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगै सपथ लिएका चार जना मन्त्रीको कार्यविभजन टुङ्गिएको हो । दलहरुबीच सहमति भए अनुसार नेपाली कांग्रेसबाट सरकारमा सहभागी कुमार खड्काले समाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।
माओवादी केन्द्रबाट मन्त्री भएकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । जनता समाजवादी पार्टीका हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी सम्हाल्नु हुनेछ ।
यसअघि आचार्यसँग मुख्यमन्त्री पोखरेलले अर्थमन्त्रालय दिने गरी सहमती गर्नुभएको थियो । स्वतन्त्र सांसद दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।
मन्त्रीहरुले भोलि पदबहाली गर्ने मन्त्री अधिकारीले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा ११ मन्त्रालय छन्। अझै ६ मन्त्रालयमा मन्त्री नियुक्ति गर्न बाँकी छ।
अर्थ, भौतिक पूर्वाधार, आन्तरिक मामिला तथा कानून, कृषि, पर्यटनलगायतका मन्त्रालय भने मुख्यमन्त्री पोखरेलले आफूसँग राख्नु भएको छ ।
जेठ २९ गते गण्डकी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदको गठबन्धनले सरकार बनाएको थियो।
प्रतिक्रिया