Main News

आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

हिमालय टिभी
२०७८ असार १२ गते ८:५२
आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

१२ असार २०७८ काठमाडौं । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

यस वर्षको दिवसको ‘लागुऔषधरहित परिवार : स्वस्थ जीवनको आधार’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आगामी तीन दिनका लागि विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम तय गरिएका छन् ।

हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसारविरुद्धको दिवसको रूपमा मनाउने संयुक्त राष्ट्र संघको सन् १९८७ को घोषणापत्रको ४२ को १ सय १२ खण्डमा उल्लेख गरिएको छ ।

विश्व लागुऔषध प्रतिवेदन २०२१ ले लागुऔषध प्रयोगकर्ताको संख्या बर्सेनि बढ्दै गइरहेको देखाएको छ । नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ अनुसार नेपालमा लागुऔषध प्रयोगकर्ताको वार्षिक औसत वृद्धिदर ५.०६ प्रतिशत रहेको आँकलन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *