Main News

विदेशी चलखेल बढ्यो त्यही भएर पाँच जना पूर्व प्रम बोल्यौं : प्रचण्ड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १० गते २०:०७
विदेशी चलखेल बढ्यो त्यही भएर पाँच जना पूर्व प्रम बोल्यौं : प्रचण्ड (भिडियो रिपोर्टसहित)

१० असार २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभित्र विदेशी शक्तिको चलखेल हुन नदिन पाँच पूर्वप्रधानमन्त्रीले सामूहिक अपिल गरेको प्रष्टीकरण दिनुभएको छ ।

विपक्षी गठबन्धनले गरेको सम्पादकसितको संवादमा प्रचण्डले परिस्थिति गम्भीर भएकै कारण आफूहरुले सामूहिक अपिल बताउनुभएको हो ।

मुलुकको पछिल्लो अवस्थाबारे नागरिकलाई जानकारी गराउनैपर्ने भएको भन्दै प्रचण्डले पाँच पूर्वप्रधानमन्त्रीले त्यसलाई आफ्नो जिम्मेवारी ठानेको प्रचण्डले बताउनुभयो ।

छिमेकीसँग राम्रो सम्बन्ध चाहेको तर अनावश्यक चलखेल सैह्य छैन भनेर नै बोलेको प्रचण्डको दावी छ । यसलाई पदका लागि विदेशीलाई गुहारेको अर्थमा नबुझ्न पनि प्रचण्डले अपील गर्नुभयो ।

प्रचण्डले घुमाउरो ढंगले ओलीले विदेशी गुहारेकोले आफूहरुले त्यस विरुद्ध जानु परेको दावी गर्नुभयो ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले सामूहिक वक्तव्य निकालेर नेपालका बारेमा नेपालीले नै निर्णय गर्नुपर्ने बताउनुभएको छ ।

र, त्यसलाई कूटनीतिक मर्यादा विपरीत उत्ताउलो र गलत अभिव्यक्ति भनेर कतिपयले आलोचना गरेका थिए ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *