Main News

निर्वाचन आयोग सरकारको नियन्त्रणमा परेको विपक्षी गठबन्धनको गम्भीर आशंका (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ८ गते १९:१३
निर्वाचन आयोग सरकारको नियन्त्रणमा परेको विपक्षी गठबन्धनको गम्भीर आशंका (भिडियो रिपोर्टसहित)

८ असार २०७८ काठमाडौं । विपक्षी गठबन्धनले निर्वाचन आयोगको कामप्रति गम्भीर प्रश्न उठाएका छन् । उनीहरुले संयुक्त विज्ञप्ति निकालेर आयोग सरकारको नियन्त्रणमा परेको गम्भीर आशंका गरेका हुन् ।

विपक्षी गठबन्धनका शीर्ष नेताहरुले संयुक्त वक्तव्य निकालेर सरकारले स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने र निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षड्यन्त्र गरेको आरोप लगाएका छन ।

निर्वाचन आयोगले विभिन्न राजनीतिक दलसम्बन्धी विवादमा कानूनी व्यवस्था, स्थापित मान्यता र परम्पराको निरन्तर उल्लंघन गर्दै निर्धारित जिम्मेवारी अनुरुप निष्पक्षरुपमा काम नगरी कानून र न्यायसंग असंगत व्यवहार प्रदर्शन गरेको विपक्षी गठबन्धनको आरोप छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्टिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त वक्तव्य निकालेर यस्तो कामले लोकतान्त्रिक अभ्यासमै आँच पुर्याउने भन्दै गलत गतिविधि बन्द गर्न माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको २ पटक विघटन ,अध्यादेशद्वारा शासन सञ्चालन, संवैधानिक अंग लगायत राज्यका निकायको दुरुपयोग, राजनीतिक दलहरुमा विभाजन, भ्रष्टाचार, परराष्ट्र सम्बन्ध र कुटनीतिमा विचलन र असन्तुलन तथा कोरोना संक्रमणको महामारीबाट जनतालाई सुरक्षा एवं राहत प्रदाज गर्न सरकार असफल भएको दावी गठबन्धनको छ ।

नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धि नै गुम्ने खतरा उत्पन्न भएको र राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको विपक्ष गठबन्धनको ठहर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *