अमेरिकाले नेपालसहितका एसियाली मुलुकलाई एक करोड ६० लाख डोज खोप दिने
८ असार २०७८ काठमाडौं । अमेरिकाले नेपाललगायत १८ एसियाली मुलुकलाई कोभ्याक्समार्फत थप १ करोड ६० लाख कोरोनाविरुद्धको खोप वितरण गर्ने भएको छ ।
निम्न र मध्यम आय भएका मुलुकहरुलाई जुन महिनाको अन्तसम्म ८ करोड खोप वितरण गर्ने घोषणा गरेको अमेरिकाले यसअघि दुई करोड ५० लाख खोप वितरण गर्ने योजना सार्वजनिक गरेको थियो ।
अहिले बाँकी ५ करोड ५० लाख खोप वितरणको विवरण सार्वजनिक गरेको छ । यसअघि जुन ३ मा अमेरिकाले एसियाली मुलुकहरुलाई ७० लाख डोज खोप वितरण गरेको थियो ।
पहिलो चरणमा घोषणा गरिएको खोप जुन महिनाभित्र सम्बन्धित मुलुकमा पुग्ने जनाइको छ । पहिलो निकै थोरै खोप वितरण गरेको अमेरिकाले यस पटक भने एसियाली मुलुकलाई सबैभन्दा बढी छ्ट्याएको छ ।
८ करोड खोपमध्ये ७५ प्रतिशत खोप कोभ्याक्समार्फत वितरण गरिने छ भने बाँकी सिधै विभिन्न मुलुकलाई सिधै वितरण गरिनेछ ।
प्रतिक्रिया