Main News
१५ दिनभित्र लिखित जवाफ पेस गर्न जसपाको ठाकुर समूहलाई निर्वाचन आयोगको निर्देशन
२०७८ असार ६ गते १८:३६
६ असार २०७८ काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेको छ ।
आज बसेको आयोगको बैठकले १५ दिनभित्र दाबीको प्रतिलिपिसहित जवाफ पेस गर्न सूचना दिने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उपेन्द्र यादव पक्षबाट आधिकारिकता दाबी पेस गरिएकोले त्यसबारे प्रतिलिपिसहित लिखित जवाफ पेस गर्न १५ दिनको सूचना दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
जसपाको उपेन्द्र यादवले शुक्रबार बहुमत कार्यकारिणी समितिका सदस्यको हस्ताक्षरसहित पार्टीको आधिकारिकता दाबी गरेको थियो ।
आयोगले राजनीतिक दलको दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न अस्वीकार गरेपछि यादव पक्षले दफा ४३ अनुसार निवेदन दिएको थियो ।
प्रतिक्रिया