Main News
ठाकुर–महतो समूहविरुद्ध कीर्ते जालसाजी मुद्दा दर्ता गर्ने जसपाको तयारी
२०७८ असार ६ गते १७:०५
६ असार २०७८ काठमाडौं । जनता समाजवादी पार्टी निकट कानून व्यवसायीले महन्थ–महतो समूह विरुद्ध जिल्ला अदालत काठमाडौंमा कीर्ते जालसाजी मुद्दा दर्ता गर्ने तयारी गरेका छन ।
अल्पमतमा परेका जसपाका अध्यक्ष महन्थ ठाकुरले अर्कै प्रयोजनका लागि गरेको हस्ताक्षरको दुरुपयोग गरेको भन्दै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अर्का अध्यक्ष उपेन्द्र यादव समूह निकट कानून व्यवसायीले अदालतमा मुद्दा दर्ता गर्न लागेका हुन्।
भट्टराई–यादव समूहको तर्फबाट संघीय कानून व्यवसायी संघका अध्यक्ष दिपक राईलगायतका अधिवक्ताहरुले मुद्दा दर्ताका लागि तयारी शुरु गरेका छन्।
अर्को प्रयोजनको लागि पहिले नै भएको हस्ताक्षर महन्थ ठाकुरलगायतले दुरुपयोग गरेर निर्वाचन आयोगमा पेस गरेका कारण मुद्दा हाल्न लागेको अधिवक्ता राईले जानकारी दिनुभयो ।
प्रतिक्रिया