Political Hightlights

जसपाको बहुमत पक्षले निर्वाचन आयोगमा गर्‍यो आधिकारिकताको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ४ गते १९:१९
जसपाको बहुमत पक्षले निर्वाचन आयोगमा गर्‍यो आधिकारिकताको दाबी (भिडियो रिपोर्टसहित)

४ असार २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को बहुमत पक्षले निर्वाचन आयोगमा पार्टीको वैधानिकता दाबी गरेको छ ।

अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु आयोग पुगेर पार्टीको आधिकारिकता दावी गरेको हो । जसपाका नेता राजेन्द्र श्रेष्ठले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुरुप आधिकारिकताको दाबी गरिएको जानकारी दिनुभयो ।

कार्यकारिणी समितिमा बहुमत रहेको यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई कारबाही गरेर आयोगमो निवेदन दिएको थियो । तर आयोगले त्यसलाई मान्यता दिन अस्वीकार गरेपछि अधिकारिता दावी गर्दै अदालत गएको हो ।

केन्द्रीय कार्यकारिणी समितिमा बहुमत रहेकोले आधिकारिता आफैले पाउने यादव पक्षको दावी छ ।

जेठ ७, ८, १७ र असार ३ गते बोलाइएको बैठकमा अध्यक्ष ठाकुर अनुपस्थित भएको, फरक सूचनाका आधारमा बैठक स्थगित गरी पार्टीको दैनिक कार्यदेखि आन्तरिक जीवन, राजनीतिक जीवन ठप्प पारी गुटगत गतिविधि गरेको यादव पक्षको आरोप छ ।

पार्टीलाई कानून बमोजिम बहुमतका आधारमा सञ्चालनका लागि आधिकारिकता विवाद टुंग्याउनु परेको निवेदनमा उल्लेख छ । पार्टी एकता भएपछि बनेको केन्द्रीय कार्यकारिणी समितिका ५१ मध्ये ३० जना उपेन्द्र यादवको पक्षमा छन ।

प्रधानमन्त्री ओलीसँग सहकार्य गर्ने कि नगर्ने भन्ने विषयले जसपा दुइ खेमामा विभाजित छ । ठाकुर पक्ष सरकारमा गएको छ भने यादव पक्ष विपक्षी गठबन्धनमा छ । बहुमत नभएपछि ठाकुर पक्षले अघिल्लो पटक आयोगमा कागजात समेत बुझाएको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्