Main News

सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिकामा एमाले नेपाल–खनाल समूहको राहत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ४ गते १७:२९
सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिकामा एमाले नेपाल–खनाल समूहको राहत (भिडियो रिपोर्टसहित)

४ असार २०७८ काठमाडौं । नेकपा एमालेको नेपाल खनाल समूहले सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिकामा राहत पठाएको छ ।

पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राहत सहित अनेरास्ववियूको टोलीलाई विदाइ गर्नुभयो ।

टोलीले चामल, तेल, चिउरा, दालमोठ, कम्बल, त्रिपाल, चाउचाउ, बिस्कुट लगायतका सामग्री लिएर गएको छ । साथमा स्वास्थ्यकर्मीको टोली पनि रहेको अनेरास्ववियूकी नेतृ आरती लामाले जानकारी दिनुभयो ।

वरिष्ठ नेता नेपालले बाढीबाट सबैभन्दा बढी पीडामा परेका नागरिकको पहिचान गरी राहत वितरण गर्न निर्देशन दिनुभयो । बेसहारा र असहायलाई पहिलो महत्व दिन अनुरोध पनि सुझाव दिनुभयो ।

बाढीग्रस्त हेलम्बू गाउँपालिकामा १० लाख बराबरको राहत सामग्री वितरण गरिने अनेरास्ववियुले जनाएको छ ।

यसअघि एमालेको संस्थापन पक्षको अनेरास्ववियूले मेलम्चीमा राहत वितरण गरेको थियो । विपदमा पनि एमाले गुटगत हिसाबले अघि बढिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *