Main News
पूर्वसांसद कृष्णसिंह परियारको निधन
२०७८ असार ४ गते १४:०५

४ असार २०७८ काठमाडौं । पूर्वसांसद कृष्णसिंह परियारको ७२ वर्षको उमेरमा आज निधन भएको छ ।
नेपाली कांग्रेसका नेता परियारको आज बिहान नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । उहाँ मिर्गौला, मधुमेह र उच्च रक्तचाप जस्ता समास्याबाट पीडित हुनुहुन्थ्यो ।
नेता परियार २०४८ सालको संसदीय निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनु भएको थियो । उहाँले संसदको राज्य व्यवस्था समिति सभापतिको जिम्मेवारी समेत सम्हाल्नुभएको थियो ।
उहाँ २०२९ साल देखि नेपाली कांग्रेसमा सक्रिय हुनुहुन्थ्यो । २०४२ सालदेखि २०५३ साल सम्म उहाँ पार्टीको बाँके सचिवसमेत बन्नुभएको थियो ।
प्रतिक्रिया