Main News

सिन्धुपाल्चोकमा भिषण बाढी र पहिरो, सात जना बेपत्ता भएको आशंका

हिमालय टिभी
२०७८ असार २ गते ६:२५
सिन्धुपाल्चोकमा भिषण बाढी र पहिरो, सात जना बेपत्ता भएको आशंका

२ असार २०७८ चौतारा ।अविरल वर्षासँगै आएको पहिरोका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको अम्बाथान क्षेत्रमा पहिरो गएको छ । पहिरो र बाढीमा सात जना बेपत्ता भएको बताइएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले क्षतिको खबर आए पनि यकिन विवरण आइनसकेको जानकारी दिनुभयो । उहाँका बाढीले क्षति पुर्याएको ठाउँ पहाडी क्षेत्रमा पर्छ ।

अहिले प्रहरी र जनप्रतिनिधिमार्फत विवरण संकलन गर्ने प्रयास भइरहेको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार त्यस क्षेत्रमा रहेका केही ट्राउट फर्मसमेत बगाएको छ।्

यसैबीच मेलम्ची नगरपालिकाको चनौटे बजार पनि जलमग्न भएको छ । स्थानीयले भने मंगलबार साँझ मेलम्ची (इन्द्रावती)मा आएको बाढीले प्रहरीले बताएको संख्याभन्दा धेरै हताहती भएको बताउने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *