Main News

निषेधाज्ञा खुल्नेबित्तिकै जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्न निर्देशन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ३१ गते १६:२३
निषेधाज्ञा खुल्नेबित्तिकै जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्न निर्देशन (भिडियो रिपोर्टसहित)

३१ जेठ २०७८ काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले निषेधाज्ञा खुल्ने वित्तिकै असार १५ गतेदेखि जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न रेल विभागलाई निर्देशन दिनुभएको छ ।

मन्त्री नेम्वाङले पानी जहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखसँग छलफल गर्ने क्रममा रेल विभागलाई निषेधाज्ञा खुल्न बित्तिकै रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिनुभएको हो ।

नीतिगत, व्यवहारिक र प्राविधिक सबै कुराहरुको व्यवस्थापन भइसक्दा पनि रेल चलाउन ढिलाइ भएकाले छिटोभन्दा छिटो शुरु गर्नुपर्ने उहाँले बताउनुभयो ।

मन्त्री नेम्वाङले पानी जहाज सञ्चालनका लागि तयारी गर्न तथा नदीनालामा सम्भाव्यता अध्ययनको काम अघि बढाउन पानी जहाज कार्यालयलाई पनि निर्देशन दिनुभएको छ । मन्त्री नेम्वाङले पानी जहाज सञ्चालनको निम्ति रुट बनाउँदा खुवालुङको ढुंगाको संरक्षण गरिने पनि प्रष्ट पार्नुभयो ।

कार्ययोजना स्पष्ट रुपमा बनाएर काममा लाग्न पनि उहाँको निर्देशन छ । त्यसैगरी यातायात व्यवस्था विभागले पनि अहिलेसम्म कुनै प्रगति देखाउन नसकेको भन्दै स्मार्ट कार्ड प्रिन्ट, ठेक्का सम्झौता, भाडा समायोजन लगायतको विषयमा परिणाम देखिनेगरी काम गर्न पनि उहाँले ध्यानाकर्षण गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *