Main News

रौतहटमा श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमान पक्राउ

हिमालय टिभी
२०७८ जेठ ३० गते १२:५३
रौतहटमा श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमान पक्राउ

३० जेठ २०७८ रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा एक महिलामाथि एसिड प्रहार भएको छ ।

चन्द्रपुर नगरपालिका वडा नम्बर ४ कि ३८ वर्षीया दीपिका विकमाथि एसिड प्रहार भएको हो । घरायसी विवादमा दीपिकालाई उहाँकै श्रीमान दीपकले प्रहार गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

दीपिकाको बायाँ हात र पेटमा एसिड लागेको छ । उहाँको हाल चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको रौतहटका प्रहरी नायव उपरिक्षक डीएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

दीपिकाको शरीरको करिब १८ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ। पीडित महिलाका अनुसार हिजो साँझ सामान्य घरायसी विवाद हुँदा उहाँका श्रीमान घरबाट बाहिर निस्किएका थिए ।

बोतलमा केही चिज ल्याएर छ्याप्न खोज्दा आफूले खोस्ने क्रममा हात र पेटमा परेको दीपिकाको भनाइ छ । चन्द्रपुरमा सुनचाँदी गहना पसल सञ्चालन गरेका विकले सोही पसलबाट एसिड लगेर श्रीमतीलाई प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । ४२ वर्षीय दीपकलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीमाथि आवश्यक अनुसन्धान पछि कानून बमोजिमको कारबाही हुने डीएसपी लामिछानेले बताउनुभयो । सरकारले एसिड आक्रमणकारीलाई नियमन गर्न अध्यादेश ल्याए पनि यस्ता आपराधिक घटना अझै रोकिएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *