Main News

आनले स्थापना दिवस साताव्यापी कार्यक्रम गरेर मनाउने

हिमालय टिभी
२०७८ जेठ २९ गते १८:३१
आनले स्थापना दिवस साताव्यापी कार्यक्रम गरेर मनाउने

२९ जेठ २०७८ काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले आफ्नो स्थापना दिवसलाई साताव्यापी कार्यक्रम गरी मनाउने भएको छ ।

आन स्थापना भएको दिन जेठ ३० गतेदेखि असार ७ गतेसम्म एड डे का रुपमा सप्ताहव्यापी कार्यक्रम गरिने अध्यक्ष सोमप्रसाद धितालले जानकारी दिनुभयो ।

जस अनुसार एड–डे को लोगो सार्वजनिक गर्ने, समाजिक संजाल र अन्य संचारमाध्यमा लोगो सार्वजनिक गर्ने, रक्तदान लगायतका कार्यक्रम गर्ने तयारी छ ।

यस्तै विज्ञापन क्षेत्रका हस्ती, विज्ञापनदाता, उद्योगी, व्यवसायी, सञ्चार˗उद्यमीबिच भर्चुअल माध्यमबाट अन्तरक्रिया गरिने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *