Main News

आज बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

हिमालय टिभी
२०७८ जेठ २९ गते ८:०९
आज बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

२९ जेठ २०७८ काठमाडौं । बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस, आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

बालश्रम अन्त्यका लागि समाजकल्याण मन्त्रालयमार्फत् देशभरका स्थानीय तहले यो दिवसमा भर्चुअल माध्यमबाट विविध कार्यक्रम गरी मनाउँदै छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि पारित गरिएको दिनको अवसरमा हरेक वर्ष जुन १२ मा विश्वभर यो दिवस मनाउने गरिन्छ । सरकारी निकाय तथा बालबालिकाका क्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्थाहरुले दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दैछन् ।

कोरोना महामारीका कारण यो वर्ष औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन । नेपालले बालअधिकार सम्बन्धी महासन्धि पारित गरेको दुई दशक नाघिसके पनि त्यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन ।

१४ वर्ष मुनिका बालबालिकालाई कुनै पनि श्रममा र १६ वर्ष नपुगेकालाई निकृष्ट खाले बालश्रम तथा जोखिमयुक्त काममा लगाउन नपाउने कानूनी व्यवस्था छ । नेपालमा ६ लाखभन्दा बढी बालबालिका जोखिमपूर्ण जीवन बाँचिरहेको सरकारी तथ्यांक छ ।

नेपालमा अधिकांश होटल तथा रेष्टुराँहरुमा बाल श्रमिक प्रयोग गरिएको पाइन्छ । यस्तै सार्वजनिक यातायात र निर्माण क्षेत्रमा पनि बाल श्रमिकलाइ जोखिमपुर्ण काम लगाउने गरिएको छ ।

बालश्रम नियन्त्रणका लागि सरकारले कानुन बनाएपनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *