हिमालय टेलिभिजनबाट भोलि विश्व चर्चित कार्यक्रम टेडेक्स प्रशारण हुने
२८ जेठ २०७८ काठमाडौं । विश्व चर्चित कार्यक्रम टेडेक्स भोलि दिउँसो साढे एक बजे हिमालय टेलिभिजन एचडीबाट प्रशारण हुने भएको छ ।
टेडेक्स दरबारमार्ग ‘टेड टक’मा सहभागी वक्ताले आफ्नो सफलताको कथा, आफूले गर्ने काम र त्यसले संसार र समाजलाई सकारात्मक ढंगले परिवर्तन गर्न कस्तो भूमिका खेलिरहेको हुन्छ भन्ने विषयमा चर्चा गर्ने छन् ।
भोलिको कार्यक्रममा फरकफरक पृष्ठभूमि र फरकफरक विषयमा ९ जना वक्ता सहभागी हुने टेडेक्स दरबार मार्गले जनाएको छ । एक अमेरिकी गैरसरकारी संस्था टेडले यस्तो कार्यक्रम शुरु गरेको हो ।
टेडसँग अनुमति लिएर विश्वभर नै यस्ता कार्यक्रम हुने गरेका छन् । टेडेक्स दरबार मार्ग भने सन् २०१८ देखि काठमाडौंमा हुँदै आएको छ ।
टेडेक्स दरबार मार्गले अर्को वर्ष विश्वकै उच्च स्थान सगरमाथामा टेड टक गर्ने योजनासमेत बनाएको छ ।
प्रतिक्रिया