Political Hightlights

सभापति देउवासँग छलफल गर्न अध्यक्ष प्रचण्ड बुढानीलकण्ठमा

हिमालय टिभी
२०७८ जेठ २४ गते १३:२९
सभापति देउवासँग छलफल गर्न अध्यक्ष प्रचण्ड बुढानीलकण्ठमा

२४ जेठ २०७८ काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे छलफलका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा पुग्नुभएको छ ।

एमाले नेता माधवकुमार नेपालसँगको छलफललगत्तै प्रचण्ड देउवा निवास पुग्नुभएकव हो । एमाले अध्यक्ष केपी ओलीले पार्टी एकताका लागि आह्वान गरे लगत्तै प्रचण्ड र नेपालबीच आइतबार राति पनि छलफल भएको थियो ।

अहिले देउवा र प्रचण्डबीच बुढानीलकण्ठमा भेटवार्ता जारी छ। कांग्रेस, माओवादीलगायत ५ विपक्षी गठबन्धनले देउवालाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेका थिए।

प्रतिनिधि सभा विघटनविरूद्ध राजनीतिक र कानूनी लडाइँ लड्ने बताएका गठबन्धनले प्रतिनिधि सभा विघटनबारे सर्वोच्चको फैसला कुरिरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्