Main News

उपप्रधानमन्त्री महतोको अभिव्यक्तिप्रति विभिन्न १८ संघसंस्थाले जनाए आपत्ति

हिमालय टिभी
२०७८ जेठ २३ गते ७:३९
उपप्रधानमन्त्री महतोको अभिव्यक्तिप्रति विभिन्न १८ संघसंस्थाले जनाए आपत्ति

२३ जेठ २०७८ काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति विभिन्न १८ संघ–संगठनले आपत्ति जनाएका छन्।

संविधान अनुसार शपथ लिएर संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै जनता समाजवादी पार्टीका वरिष्ठ नेता महतोको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।

महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने बताएकोप्रति उनीहरुको विरोध छ । उनीहरुले यो अभिव्यक्ति फिर्ता लिएर जनतासँग माफी माग्न उप्रधानमन्त्री महतोसँग आग्रह गरेका छन्।

महतोको अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानविरुद्ध रहेको विभिन्न संघ संस्थाको संयुक्त विज्ञप्तीमा भनिएको छ । यो अभिव्यक्ति हाम्रो संविधानको प्रस्तावना र संविधानको धारा–३ विपरीत छ।

संविधानको मर्म विपरीत कुनै पनि काम नगर्ने शपथ खाएर संविधानको कार्यान्वयन गर्ने निकायमा पुगेको जिम्मेवार व्यक्तिबाट यस प्रकारको संविधान विरोधी र अराजक अभिव्यक्ति आउनु असाध्यै बिडम्बनापूर्ण रहेको विज्ञप्तिमा भनिएको छ ।

संयुक्त विज्ञप्तिमा अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, अनेरास्ववियु, नेपाल उत्पीडित जातीय मुक्ति समाज, युवा संघ, नेपाल खेलकुद महासंघ, नेपाल मुस्लिम इत्तेहाद संगठन, नेपाल ट्रेड युनियन महासंघ, पेसागत महासंघ, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन, लोकतान्त्रिक मधेस संगठन लगायतका प्रतिनिधिले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *