Political Hightlights

नेपाल अहिले पनि बहुल राज्य भएको उपप्रधानमन्त्री महतोको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २२ गते १८:५१
नेपाल अहिले पनि बहुल राज्य भएको उपप्रधानमन्त्री महतोको दाबी (भिडियो रिपोर्टसहित)

२२ जेठ २०७८ काठमाडौं । जसपा नेता एवं उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाल अहिले पनि बहुल राज्य नै भएको बताउनुभएको छ ।

त्यो व्यवहारमा कार्यान्वयन नभएकाले आफुले संघर्ष गर्ने बताएको प्रतिक्रिया दिनुभएको छ । आज संचारकर्मीसँग उपप्रधानमन्त्री महतोले नेपाल विविधताले भरिएको देश भएको र त्यही नै बहुराष्ट्रिय राज्य भएको दाबी गर्नुभयो ।

उपप्रधानमन्त्री महतोले नेपालमा अझै पनि एकल जातीय राज्य संचालन भइरहेकाले त्यसलाई बहुलतामा लैजानुपर्ने बताउनुभयो । आफुहरुले त्यसकै लागि प्रयास गरिरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘नेपाल विविधताले भरिएको देश हो । विभिन्न जाति, वर्ग, समुदाय, चार वर्ण छत्तीस जातको फूलबारी भनेको विविधता हो । बहुलता भनेको त्यही हो । त्यसैले बहुल राष्ट्रिय राज्य हो । नेपाल भनेको बहुल राष्ट्रिय राज्य भएकाले त्यहाँ त्यो अनुसारको नियम, कानून, संविधान, व्यवस्था, सहभागिता, हिमाल, पहाड, तराई, मधेशका जनताको हुनुपर्छ । विविधताले भरिएको देश, बहुलताले भरिएको देशमा एकल हुनै सक्दैन । बहुलता नै हुन्छ । बहुल भनेको कुनै एक जात, एक वर्ग, एक समुदाय होइन । बहुलता भनेको सबै हो । त्यसैले सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्छ । पहिचान हुनुपर्छ । र यो नभएसम्म देशमा जनताले आफ्नो अधिकार पहिचानका लागि संघर्ष गरिरहन्छ । आन्दोलन गरिरहन्छ पहिचानका लागि । नेपाल सम्पूर्ण नेपालीको हुनुपर्छ । बनाउनुपर्छ । जहाँजहाँ कमीकमजोरी छ । जहाँजहाँ विभेद छ । जहाँजहाँ एकल जातीय राज्य सञ्चालन गर्ने, एकल जातीय हिसाबले जहाँ प्रभाव परेको छ । त्यसलाई बहुलतामा लैजानुपर्छ । यो सबैको देश हो । राज्यको शासन प्रणालीदेखि लिएर सबै ठाउँमा उसको पहिचान, प्रतिनिधित्व हुनुपर्छ ।’

उपप्रधानमन्त्री महतोले देशमा सबै ठिकठाक नभएको बताउनुभयो । त्यही कमजोरी सुधार गर्न आफुले प्रयास गर्ने उहाँले बताउनुभयो ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्