Political Hightlights

बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलव्धी गुम्ने खतरा पैदाः प्रचण्ड

हिमालय टिभी
२०७८ जेठ २१ गते १३:१६
बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलव्धी गुम्ने खतरा पैदाः प्रचण्ड

२१ जेठ २०७८ काठमाडौं । नेकपा (माओवादी केन्द्र(का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सामन्ती राज्य व्यवस्थाविरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि अहिले गुम्दै जाने खत्तरा पैदा भएको बताउनुभएको छ ।

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिदै अध्यक्ष प्रचण्डले अग्रगामी शक्तिहरुको बीचमा एकताबद्ध पहलकदमीको आवश्यतामा जोड दिनुभएको छ ।

जातीय छुवाछुत, भेदभाव, हिंसा सम्बन्धी संविधान र कानूनमा भएको व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न राज्य संयन्त्रलाई निर्देशित गर्न एकतावद्व हुनुपर्ने बेता आएको प्रचण्डको भनाइ छ ।

जातीय हिंसा र छुवाछुविरुद्ध जनचेतना लगायतका कार्यक्रम संचालन र स्थानीय तहसम्म निगरानी संयन्त्र बनाएर जातीय भेदभाव अन्तका लागि जुट्न पनि अध्यक्ष प्रचण्डले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्