Main News

कोभिसिल्ड लगाएकाले दोस्रो डोज नपाउने निश्चित, अर्को खोप लगाउने सरकारी योजना (भिडियो रिपोर्टसहित) (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १९ गते २०:१९
कोभिसिल्ड लगाएकाले दोस्रो डोज नपाउने निश्चित, अर्को खोप लगाउने सरकारी योजना (भिडियो रिपोर्टसहित) (भिडियो रिपोर्टसहित)

१९ जेठ २०७८ काठमाडौं । पहिलो चरणमा कोभिसिल्ड खोप लगाएका लाखौं नागरिक अहिले दोस्रो डोजको प्रतिक्षामा छन् । प्रधानमन्त्रीले भाषणमा समयमै जसरी पनि खोप लगाउने बताउँदै आउनुभएको छ । तर दोस्रो डोज लगाउने समय अब घर्किसकेको छ ।

सरकारी निकायले अब तत्कालै दोस्रो डोज लगाउन नसक्ने भन्दै हात उठाएका छन् । कोभिसिल्डको स्थानमा अष्ट्राजेनिकाको खोप ल्याएर लगाउने तयारी भइरहेको सरकारी अधिकारीको दाबी छ ।

कोरोना संक्रमणबाट बच्ने अस्त्रको रुपमा लिइएको कोरोना विरुद्धको खोपको पहिलो डोज लगाएकाले समयमै दोस्रो डोज नपाउने लगभग निश्चित भएको छ । यसले पहिलो खोप लगाएकामा चिन्ता बढ्न थालेको छ । भारतको सेरम इन्चिच्युड कम्पनीबाट प्राप्त कोभिशिल्ड खोप अहिलेसम्म १८ लाखले लगाएका छन् ।

त्यसमध्ये १४ लाखले दोस्रो डोज लगाउन बाँकी छ । ८ देखि १२ हप्ताभित्रै कोभिशील्ड खोपको दोस्रो मात्रा लगाउनु पर्छ । तर सरकारले पहिलो डोज लगाएको १२ हप्ता पुरा हुँदा समेत दोस्रो मात्रा लगाउन सकेन । अब सन २०२१ भित्रै खोप दिन नसक्ने सरकारले स्पष्ट पारिसकेको छ ।

सरकारले भारतले अनुदानमा दिएको १० लाख, खरिद गरेको १० लाख र कोभ्याक्स सुविधा अन्तगत प्रप्त ३ लाख ४८ हजार खोपबाट माघ १४ गतेदेखि लगाउन शुरु गरेको थियो । यो खोप कोरोनाविरुद्ध अग्रपंतिमा खटिएका व्यक्ति, सरकारी कर्मचारी र जेष्ठ नागरिकलाई दिइयो ।

भारतले निर्यातमा प्रतिवन्ध लगाएपछि खरिदका लागि रकम दिइएको खोप समेत आउन सकेन । तत्काल आउने संभावना समेत नभएपछि सरकारले दोस्रो डोजका रुपमा कोभिशिल्डका स्थानमा युरोपको अस्ट्राजेनेकाको खोप दिने तयारी गरेको जनाएको छ ।

एउटा खोप लगाएकालाइ दोस्रो मात्राका रुपमा अर्को खोप लगाउन मिल्दैन । तर कोभिसिल्ड पनि अक्सफोर्ड र अस्ट्राजेनिकाले नै उत्पादन गरेको भन्दै सरकारले परिवर्तन गर्ने तयारी गरेको छ ।

पहिलो डोज कोभिशिल्ड लगाएकाले तोकिएकै समयमा दोस्रो डोज नपाएकाले अस्ट्राजेनेका लगाउँदा समस्या नहुने खोप विज्ञ समितिका संयोजक डाक्टर श्याम उप्रेतीको दाबी छ ।

नेपालमा अहिले कोभिशिल्ड र भेरोसेल खोपको प्रयोग भइरहेको छ । तर सरकारले रुसी स्पुत्निक भी, अमेरिकाको जोन्सन एन्ड जोन्सन र बेलायतको आस्ट्राजेनेका खोप किन्न प्रयास गरिरहेको छ । ७२ प्रतिशत नागरिकलाई कोरोना विरुद्धको खोप दिने संकल्प गरेको सरकारले दोस्रो डोज नै उपलब्ध नगराएपछि नागरिकमा चिन्ता बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *