Main News

उपेन्द्र र महन्थलाई निर्वाचन आयोगले लेख्यो यस्तो पत्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १९ गते १९:१५
उपेन्द्र र महन्थलाई निर्वाचन आयोगले लेख्यो यस्तो पत्र (भिडियो रिपोर्टसहित)

१९ जेठ २०७८ काठमाडौं । निर्वाचन आयोगले कारवाहीमा उत्रिएका जनता समाजवादी पार्टीका दुवै पक्षलाई फेरि अर्को पत्र लेखेर पठाउन पत्राचार गरेको छ ।

निर्वाचन आयोगको अनुसूची ढाँचा अनुसार पत्र नआएको हुनाले अर्को पत्र लेखेर पठाउनका लागि जसपाका दुवै जना अध्यक्षलाई पत्राचार गरिएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कोमल धमलाका अनुसार यसअघि कारवाही सम्बन्धी आयोगमा पठाइएको पत्र राजनीतिक दलसम्बन्धी नियमावलीको ढाँचा अनुसार नभएकाले ढाँचा अनुसारको अर्को पत्र पठाउन भनिएको हो ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले पठाएको निवेदन दलसम्बन्धी नियमावलीको ढाँचा १८ बमोजिम नमिलेकोले त्यसै अनुसार निवेदन दर्ता गराउन भनिएको छ ।

त्यसैगरी महन्थ ठाकुरलाई त्यही अनुसूचीको १८ बमोजिम तथा पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बसेको बैठकको हस्ताक्षरसहितको निर्णयको प्रतिलिपि पनि पेश गर्न भनिएको छ ।

यसअघि उपेन्द्र यादवले ठाकुरसहित राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मण लाल कर्णलाई पार्टीबाट निस्कासन गरिएको पत्र आयोगमा १८ गते दर्ता गर्नुभएको थियो ।

त्यस्तै उपेन्द्र यादवलाई कारवाही गरिएको पत्र अर्का महन्थ ठाकुरले आयोगमा दर्ता गराउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *