Main News

मन्त्री ढकालको आरोपको कांगेसद्वारा प्रतिवाद

हिमालय टिभी
२०७८ जेठ १७ गते १८:४०
मन्त्री ढकालको आरोपको कांगेसद्वारा प्रतिवाद

१७ जेठ २०७८ काठमाडौं । एमाले र जसपा फूटाउन खोजेको भन्ने पर्यटन मन्त्री भानुभक्त ढकालको आरोपको नेपाली कांग्रेसले प्रतिवाद गरेको छ ।

कांग्रेस नेता डाक्टर मिनेन्द्र रिजालले मन्त्री ढकालको आरोप निराधार रहेको प्रतिक्रिया दिनुभएको हो । पहिले चुप लागेर बसेको कांग्रेस पछिल्लो पटक देश र जनताको बृहत्तर हितका लागि मात्रै विकल्प दिन अघि सरेको रिजालले बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नै माओवादी केन्द्रबाट चुनाव जितेका नेताहरुलाई एमालेमा प्रवेश गराएर विकृत काम गरेको रिजालले आरोप लगाउनुभयो । प्रधानमन्त्री ओलीका गलत कदमको परिणाम नै अहिले मुलुक समस्यामा परेको रिजालले टिप्पणी गर्नुभयो ।

एमालेका २६ जना जसपाका १२ जना सांसदको समेत साथ लिएर देउवा प्रधानमन्त्री बन्न अघि सरेपछि एमालेको संस्थापन पक्ष कांग्रेसप्रति आक्रामक भैरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *