Main News
स्वास्थ्यकर्मीको सुरक्षा प्रत्याभूत हुने गरी सात दिनभित्र अध्यादेश ल्याउन चिकित्सक संघको माग
२०७८ जेठ १६ गते १५:१६

१६ जेठ २०७८ काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति हुने गरी ७ दिनभित्र अध्यादेश ल्याउन सरकारसँग माग गरेको छ ।
भेरी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात भएको तथा विगतमा पनि यस्तो घटना बारम्बार दोहोरिएको भन्दै संघले अध्यादेशमार्फत कानुन ल्याएर चिकित्सकका लागि सहज वातावरण बनाउनुपर्ने माग गरेको हो ।
संघका महासचिव डा। बद्री रिजालले आज विज्ञप्ति निकाली ७ दिनभित्र अध्यादेश ल्याइ परिस्थिति सहज नबनेमा कडा कदम चाल्न बाध्य हुने र त्यसको जिम्मेवार सरकार हुनु पर्ने चेतावनी दिनुभएको छ ।
उपचारका क्रममा बिरामीको मृत्यु भएपछि बिहीबार राति भेरि अस्पतालका स्वास्थ्यकर्मी कुटपिट भउको थियो ।
प्रतिक्रिया