Main News
चालीस माइक्रोनसम्मको प्लास्टिक झोला प्रयोगमा प्रतिबन्ध
२०७८ जेठ १५ गते १९:१६
१५ जेठ २०७८ काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि ४० माइक्रोनसम्मका प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्धमा लगाउने घोषणा गरेको छ ।
सरकारले ल्याएको बजेटमा साउन १ देखि ४० माइक्रोनभन्दा बढीका एवं सुती, जुट र कागजका झोला मात्रै प्रयोग गर्न पाउने उल्लेख छ ।
४० माइक्रोनसम्मका प्लाष्टिक उत्पादन गर्ने उद्योगले स्तरीकरण गर्न चाहेमा लाग्ने खर्च पुँजीगत अनुदान दिने घोषणा गरिएको छ ।
सरकारले यसअघि पनि पातला प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाएपनि कार्यान्वयन हुन सकेको थिएन ।
प्रतिक्रिया