Main News

निषेधाज्ञाको अवधिका लागि विभिन्न छुट घोषणा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १५ गते १८:५६
निषेधाज्ञाको अवधिका लागि विभिन्न छुट घोषणा (भिडियो रिपोर्टसहित)

१५ जेठ २०७८ काठमाडौं । सरकारले निषेधाज्ञा अवधिभरका लागि विभिन्न छुटको घोषणा गरेको छ । विद्युत, खानेपानी, खाद्यान्न खरिद लगायतमा छुट दिने बताएको छ ।

बजेट भाषण गर्दै अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले मासिक २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट दिने बताउनुभयो । त्यस्तै, मासिक १ सय ५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २ सय५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने छ ।

यस्तै निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी तथा साल्ट ट्रेडिङ कम्पनीबाट बिक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्यासको बिक्री मूल्यमा २० प्रतिशत छुट दिने व्यवस्था पनि मिलाइएको छ ।

निषेधाज्ञामा साझेदारी, सहकारी तथा सबै प्रकारका खानेपानी तथा सिंचाइ उपभोक्ता समितिले तिर्नुपर्ने विद्युतको डिमान्ड शुल्क र महसुल पुरै छुट दिने घोषणा गरिएको छ ।

उत्पादनमूलक उद्योग, होटल तथा चलचित्र क्षेत्रलाई निषेधाज्ञा अवधिभर विद्युतको डिमान्ड शुल्क छुट दिने व्यवस्था पनि मिलाइएको छ । मासिक २० हजार लिटरसम्म खानेपानी प्रयोग गर्दा महसुल छुट दिने पनि सरकारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *