Main News

आज १४औं गणतन्त्र दिवस मनाइँदै

हिमालय टिभी
२०७८ जेठ १५ गते ८:१५
आज १४औं गणतन्त्र दिवस मनाइँदै

१५ जेठ २०७८ काठमाडौं । आज १४औं गणतन्त्र दिवस मनाइँदै छ। संविधानसभाको पहिलो बैठकले २ हजार ६५ साल जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा हरेक वर्ष जेठ १५ गते विभिन्न कार्यक्रम गरी दिवस मनाइने गरिन्छ ।

तर गत वर्ष जस्तै यो वर्ष पनि कोरोना संक्रमणको जोखिम र निषेधाज्ञाका कारण कुनै औपचारिक कार्यक्रमको आयोना गरिएको छैन ।

२ हजार ६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरेको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ ।

झण्डै २ सय ४० वर्षको शाहवंशीय राजपरम्परा अन्त्य भएको घोषणा भएको यो दिनलाई गणतन्त्र दिवसका रुपमा मनाइन्छ । गणतन्त्र स्थापनापछि पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि दोस्रो संविधानसभाले ७० वर्ष पुरानो सपना साकार पारेको थियो ।

२०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको हो । राजनीतिक खिचातानीका कारण संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछिका १३ वर्ष सोचेजति र नागरिकले आशा गरेअनुसार उपलब्धि हासिल नभएको विश्लेषण हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *