Main News

भट्टराई र विष्ट प्रधानमन्त्री ओलीविरुद्धकै मोर्चामा

हिमालय टिभी
२०७८ जेठ १२ गते १९:०८
भट्टराई र विष्ट प्रधानमन्त्री ओलीविरुद्धकै मोर्चामा

१२ जेठ २०७८ काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य गोकर्ण विष्ट र योगेश भट्टराई फेरि पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्धको मोर्चामा उभिनुभएको छ ।

आज माधवकुमार नेपाल तथा झलनाथ खनाल सहित १५ स्थायी कमिटी सदस्य निकालेका अपीलमा दुवैको नाम छ । भट्टराई ओलीको खेमामा गएको भनिएको थियो भने विष्ट पछिल्लो केही दिनयता मौन हुनुहुन्थ्यो ।

दुवै नेताले संसद विघटन विरोध गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने मागसहित सर्वोच्चमा दायर रिटमा हस्ताक्षर गर्नुभएको थिएन ।

तर आज दुवैले ओली विरुद्ध संघर्षमा होमिन गरेको अपीलमा नेपाल र खनाललाई साथ दिनुभएको छ ।

नेता नेपालले मात्रै हस्ताक्षर गरेको अपील र त्यसको विषय वस्तुमा बिष्ट र भट्टराईले सहमति जनाएपछि नाम राखिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *