Main News
अमेरिकाले उपलव्ध गराउने स्वास्थ्य सामग्री आज नेपाल आइपुग्दै
२०७८ जेठ ११ गते ७:५६
११ जेठ २०७८ काठमाडौं । अमेरिकाले उपलब्ध गराउने कोरोनाविरुद्धको स्वास्थ्य सामग्री आज नेपाल आइपुग्दैछ ।
अमेरिकाबाट सामान बोकेर उडेको कार्गो जहाज आज काठमाडौं अवतरण गर्नेछ । आज भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री नेपाल आइपुग्ने छ । अर्को लट स्वास्थ्य सामग्री पनि यसै साता काठमाडौं आइपुग्ने बताइएको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल र अमेरिकी राजदूत रेन्डी बेरीबीच वैशाखमा ३० गते स्वास्थ्य सामग्री सहयोगका विषयमा कुराकानी भएको थियो।
यस्तै हिजो मात्रै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अमेरिकी उपविदेशमन्त्रीसँग खोप सहायताबारे टेलिफोन संवाद गर्नुभएको थियो । सरकारले अमेरिकासँग स्वास्थ्य सामग्रीका अलवा खोप सहयोगको आग्रह गरिरहेको छ ।
प्रतिक्रिया