Main News

सफल सगरमाथा आरोहणपछि के भन्छन् पाकिस्तानी युवक ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ९ गते १४:२९
सफल सगरमाथा आरोहणपछि के भन्छन् पाकिस्तानी युवक ? (भिडियो रिपोर्टसहित)

९ जेठ २०७८ काठमाडौं । सगरमाथाको सफल आरोहण गरेका पाकिस्तानका सबैभन्दा कान्छा आरोही सहरोज कासिफले नेपाल र पाकिस्तानको हिमालले दुई देशको सम्बन्धलाई थप बलियो बनाएको बताउनु भएको छ ।

सगरमाथाको सफल आरोहणपछि काठमाडौं आइपुगेका कासिफले दुई देशलाई हिमालले पनि जोडेको बताउनुभयो । गत हिउँदमा नेपाली आरोही टोलीले पाकिस्तानमा रहेको के टु आरोहण गर्दा जुन सम्मान पाएको थियो अहिले आफूले नेपालमा पनि त्यही सम्मान पाएको बताउनुभयो ।

केटु विश्वकै दोश्रो अग्लो शिखर हो । सगरमाथा आरोही सहरोज कासिफ १९ वर्षको हुनुहुन्छ । सगरमाथा चढ्नुअघि उहाँले १७ वर्षको उमेरमा विश्वको १२ औँ अग्लो हिमाल ब्रोड पिक चढेर कीर्तिमान बनाउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *