Main News

जसपा नेतासहित प्रधानमन्त्री ओली अबेर राति किन पुगे शीतल निवास ?

हिमालय टिभी
२०७८ जेठ ७ गते ७:४७
जसपा नेतासहित प्रधानमन्त्री ओली अबेर राति किन पुगे शीतल निवास ?

७ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित राती अवेर राष्ट्रपति भवन शीतल निवास पुगेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेको केही घण्टाभित्रै ओली जसपाका दुई नेतासहित राष्ट्रपति निवास पुग्नु भएको हो ।

तीन नेता करिब सवा ११ बजे शीतलनिवास पुगेको बुझिएको छ । तर राष्ट्रपतिसँगको भेटमा के विषयमा परामर्श भयो भन्ने खुल्न सकेको छैन ।

राष्ट्रपति भण्डारीले आज साँझ ५ बजेसम्म नयाँ सरकारको नेतृत्वका लागि दाबी गर्न समय दिनुभएको छ । नयाँ सरकार गठनका लागि जसपा निर्णायक देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *