Main News

नवलपरासी पश्चिममा गोली चल्यो, एक जना युवकको मृत्यु

हिमालय टिभी
२०७८ जेठ ५ गते १३:०६
नवलपरासी पश्चिममा गोली चल्यो, एक जना युवकको मृत्यु

५ जेठ २०७८ नवलपरासी । सशस्त्र प्रहरीको गोली लागेर नवलपरासी पश्चिममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षका युवक अविनाश राजभर छन् ।

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाकाबाट भारततर्फ जान लागेका युवालाई सशस्त्र प्रहरीले रोकेको थियो । त्यसपछि ५०–६० जना युवाले सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेपछि गोली चलाएको सशस्त्र प्रहरीको दावी छ ।

गोली लागेर घाइते भएका राजभरको उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

कोभिड–नाइन्टिनको जोखिमका कारण रोकेर सोधपुछ गर्न खोज्दा गाउँलेको समूहले आएर ढुंगामुढा गरेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको सशस्त्र प्रहरीको दाबी छ ।

भीडलाई नियन्त्रण गर्न सशस्त्र प्रहरीले शुरुमा अश्रुग्यास प्रहार गरेको थियो । त्यसपपछि पनि भीड नरोकिएपछि एक राउन्ड गोली प्रहार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *