Main News

महिला घरभित्रै मृत फेला, एक युवक प्रहरी नियन्त्रणमा

हिमालय टिभी
२०७८ जेठ ५ गते ८:५०
महिला घरभित्रै मृत फेला, एक युवक प्रहरी नियन्त्रणमा

५ जेठ २०७८ दमौली । तनहुँको व्यास नगरपालिका–१० परेवाडाँडा नजिक एक महिला घरभित्रै मृतावस्थामा फेला परेकी छन् ।

सत्ताइस वर्षीया मनुमाया थापा मङ्गलबार आफ्नै घरको कोठामा मृत फेला परेकी हुन् ।

मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेको बताइएको छ । स्थानीयवासीले महिलाको हत्या भएको भन्दै अनुसन्धान गर्न माग गरेका छन् ।

प्रहरीले अनुसन्धानका लागि एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । “घटनाबारे अनुसन्धान गरिरहेका छौं, थप विवरण अनुसन्धानपछि आउँछ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *