Main News

सुर्खेत प्रादेशिक अस्पताल संघीय सरकारअन्तर्गत राख्ने तयारी

हिमालय टिभी
२०७८ जेठ ४ गते १८:४४
सुर्खेत प्रादेशिक अस्पताल संघीय सरकारअन्तर्गत राख्ने तयारी

४ जेठ २०७८ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणमा प्रभावकारी काम गर्न नसकेको भन्दै सुर्खेत प्रादेशिक अस्पताललाई संघअन्तर्गत राख्न क्याबिनेटमा प्रस्ताव लैजाने तयारी गरेको छ ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिष्टम (आईसीएस) को बैठकले सुर्खेत प्रादेशिक अस्पताल संघअन्तर्गत बनाउने निर्णयका लागि क्याबिनेट प्रस्ताव लैजाने निर्णय गरेको हो ।

केही दिनअघि सुर्खेत प्रादेशिक अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले अक्सिजनको कमी भएको भन्दैं नयाँ बिरामी भर्ना नलिने सार्वजनिक सूचना जारी गरेको थियो । उक्त सूचनाको चौतर्फी आलोचना भएको थियो ।

मन्त्रालयका मन्त्रालयका अधिकारीहरुकाअनुसार अहिलेको कोभिड–१९ संक्रमण र रोकथाममा प्रदेश अस्पतालले मन्त्रालयसँग समन्वय नगरेको आरोप लगाएको छ ।

यस्तै, आईसीएस बैठकले अस्पतालहरुले बिरामीलाई अक्सिजन लिएर आउने भएमात्रै उपचार गर्ने कबुलियतनामा गराउने गरेको जानकारी आएको भन्दै त्यस्ता नगर्न र गरेको पाइएकोमा नियमानुसार कारवाही गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *