Political Hightlights

वरिष्ठ नेता नेपालसँग राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न गृहमन्त्री थापाको आग्रह

हिमालय टिभी
२०७८ जेठ ४ गते १६:४८
वरिष्ठ नेता नेपालसँग राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न गृहमन्त्री थापाको आग्रह

४ जेठ २०७८ काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय सभाका उपचुनावका लागि एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग सहयोग माग्नुभएको छ ।

नेपाल निवास कोटेश्वर पुगेर गृहमन्त्री थापाले सहयोग माग्नुभएको हो । भेटमा वरिष्ठ नेता नेता नेपालले आफ्नो पूर्ण सहयोग रहने बताएको गृहमन्त्री थापाको सचिवालयले जनाएको छ ।

गृहमन्त्री थापाले सकारात्मक रहेको बताएको पनि सचिवालयले जनाएको छ । तर नेपाल निकट स्रोतका अनुसार भने उपचुनावका विषयमा छलफल भएपनि वरिष्ठ नेता थापालाई कुनै वचन दिनुभएको छैन ।

जेठ ६ गते राष्ट्रिय सभाको उपनिर्वाचन हुँदैछ। २०७४ मा एमाले(माओवादी गठबन्धनबाट निर्वाचन लडेका थापाको कार्यकाल ६ वर्षको थियो। तर २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले–माओवादी एकता भंग गरिदिएसँगै थापा एमाले प्रवेश गरेपछि पदमुक्त हुनुभएको थियो ।

अहिले थापा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएको छ । तर विवाद निकै चर्केका बेला नेपाल खनाल समूहले डाक्टर खिमलाल देवकोटालाई उम्मेदवार बनाएको थियो । र, अहिले पनि देवकोटाले उम्मेदवारी फिर्ता लिनुभएको छैन । विपक्षी कांग्रेस र माओवादीले पनि देवकोटालाई समर्थन गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्