Main News

प्रधानमन्त्रीको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा चार वटा मुद्दा दर्ता

हिमालय टिभी
२०७८ जेठ ३ गते १३:३३
प्रधानमन्त्रीको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा चार वटा मुद्दा दर्ता

३ जेठ २०७८ काठमाडौं । राष्ट्रपतिले भनेको महत्त्वपूर्ण वाक्यांश छुटाएर खाएको प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ अवैध भएको दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।

राष्ट्रपतिले वाचन गरेका वाक्यांश प्रधानमन्त्रीले दुरुस्तै उतार्नुपर्नेमा फेरबदल गरेकाले शपथ बदर गरी पुनः शपथ नखाउञ्जेल ओलीलाई प्रधानमन्त्रीको हैसियतमा काम गर्न नदिन रिटमा माग गरिएको छ । हिजो दिइएको रिट निवेदन आज दर्ता भएको संविधानविद् डाक्टर चन्द्रकान्त ज्ञवालीले जानकारी दिनुभयो ।

रिटमाथिको सुनुवाइका लागि भोलिका लागि पेशी तोकिएको छ ।संविधानविद् डाक्टर चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली, केशरजंग केसीको एउटा र अन्य तीनवटा छुट्टाछुट्टै निवेदन दर्ता भएको सर्वोच्चको रिट महाशाखाले जनाएको छ ।

विवादको अन्तिम टुंगो नलागुञ्जेल ओलीलाई प्रधानमन्त्रीको रूपमा काम गर्न रोक लगाएर मुद्दा अग्राधिकारमा राख्न माग गरिएको छ ।

प्रधानमन्त्री र मन्त्रीको शपथ, सांसद पद नभएकालाई पुनः मन्त्रीमा नियुक्त गर्नुसमेत असंवैधानिक भएको रिटमा दाबी गरिएको छ ।

वैशाख ३१ गते शपथ लिँदै प्रधानमन्त्री ओलीले राष्ट्रपतिले ‘प्रतिज्ञा गर्छु कि भनेर दोहोरयाँदा समेत प्रधानमन्त्रीले ‘त्यो पर्दैन’ भनेर पढ्नु भएको थिएन । यसको सर्वत्र विरोध भैरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *