Main News

कोरोना संक्रमणबाट वरिष्ठ संस्कृति तथा चलचित्रकर्मी कार्कीको निधन

हिमालय टिभी
२०७८ जेठ २ गते १३:३१
कोरोना संक्रमणबाट वरिष्ठ संस्कृति तथा चलचित्रकर्मी कार्कीको निधन

२ जेठ २०७८ काठमाडौं । वरिष्ठ संस्कृतिकर्मी तथा चलचित्रकर्मी चेतन कार्कीको कोरोना संक्रमणका कारण निधन भएको छ।

कोरोना संक्रमित भइ विगत एक हप्तादेखि सैनिक अस्पतालमा उपचाररत कार्कीको आज बिहान निधन भएको हो । चलचित्रको लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा सक्रिय कार्कीको ८३ वर्षको उमेरमा निधन भएको हो ।

कार्कीको विसं १९९५ कात्तिक २२ गते स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा जन्म भएको थियो। नेपालीसहित हिन्दी तथा उर्दू भाषाका साहित्य सिर्जनामा कार्कीको योथदान रहेको छ ।

कार्कीका तिजको रहर आयो बरिलै, माया पिरतीको चोखो कथा, यी ओठ तिम्रासहितका दर्जनौँ लोक, आधुनिक तथा चलचित्रका गीतहरु लोकप्रिय छन्। कार्कीका गीतहरु नारायण गोपाल, तारा देवी, अरुणा लामा, प्रकाश श्रेष्ठ, किरण प्रधानसहितले गाएका छन्।

आत्मा बेचेको छैन, ढलेको गिलासँ, हनिमुन–उपन्यास, बसिबियाँलो–कथासंग्रह, माया पिरतीको कथा, जुन निदाउन थाल्यो–गीत संग्रहसहित कार्कीका दर्जनौं कृति प्रकाशित छन्।कार्कीको निर्देशनमा बनेका चलचित्रहरु विश्वास, भूमरी, पहिलो प्रेम लगायत चर्चित छन्।

कार्कीका दुई छोरा तथा श्रीतमी हुनुहुन्छ । कार्कीको आजै नेपाली सेनाले अन्तिम संस्कार गर्ने सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *